यसरी वन्छ, भोजपुरमै थोत्रा कपडाबाट आकर्षक सिरक डसना (फोटो फिचर)


भोजपुर, १२ भदौ
थोत्रा कपडाबाट नयाँ र आकर्षक कपडाका साम्रगी वन्न थाले पछि यस्ता कपडाको निकै महत्व वढेको छ । भोजपुर सदरमुकाम स्थित वसपार्क नजिकै पहिलो पटक कपास उद्योग सञ्चालनमा आए पछि स्थानियले पुराना कपडाको व्यावस्थापनसंगै आर्कषक साग्रगी वनाउन थालेका हुन् । जसको कारण वजारमा फोहोर व्यावस्थापनमा पनि केहि सहज वनेको स्थानियको भनाई छ ।

नुवाकोट जिल्लाका शिंह वहादुर तामाङ्गले भोजपुर नगरपालिका –७ वसपार्क छेउमा सञ्चालन गरेको शिद्धकाली कपास उद्योगमा यति वेला पुराना कपडा लिएर आउने मानिसहरुको निकै भिड लाग्ने गरेको छ । फाहोरको रुपमा सडक भित्तामा पोको पारेर राख्ने गरेका पुराना कपडा लिएर स्थानियहरुको अहिले उद्योग सम्म पुग्न थालेका छन् ।

थोत्रा कपडाबाट नयाँ सामग्री वनाए पछि भोजपुर सदरमुकाममा वस्दै आएका दलवहादुर सुनार निकै खुसी देखिए । उनले भने ‘फोहोरको रुपमा फाल्दै आएको कपडाबाट यसरी आफुले चाहे जस्तो सामग्री वनाउन पाउदा खुसी लाग्यो’ ।

सुनार जस्तै गाउँगाउँबाट समेत कपडा लिएर स्थानियहरु उद्योग सम्म आउने गरेको सञ्चालक तामाङ्गको भनाई छ । तामाङ्गले जिल्ला रहेका पुराना साग्रगीबाट करिव चार महिना देखि ग्राहकको रुचि र आवश्यकता अनुसार विभिन्न ओड्ने ओछ्याउने लगाएतका सामग्री वनाएर सेवा दिँदै आएका छन् ।
तामाङ्गले यस व्यावसायबाट आफ्नो ५ जनाको परिवारको पालन पोषनसंगै राम्रो आम्दानी पनि गरिरहेको वताएका छन् । वर्षातको समय भएको र विद्युतको नियमित आपुर्ति नहुँदा भने उद्योग सञ्चालनमा निकै समस्या हुने गरेको सञ्चालक तामाङ्गको भनाई छ ।

पुरानो कपडालाई पेलेर रुवा तयार गरिदै

पेलेर कपास उत्पादन गरेका आवश्यकता अनुसारको  सामग्री निर्माण हुने गर्दछ । अहिले उद्योगमा ४ जनाले रोजगारी पाएका छन् । पुराना कपडा लिएर गए पछि उद्योगले न्यून शुल्कमा ग्राहकको आवश्यकता अनुसारको सामग्री वनाउदै आएको छ ।

एक फरक खालको व्यावासाय सञ्चालन गरेर वातावरणको फाहोर व्यावस्थापनमा सहयोग हुने काम गर्दा पनि कुनै पनि निकायबाट साथ सहयोग नपाएको तामाङ्गको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार