भोजपुरमा निशुल्क माटो परिक्षण शिविर सम्पन्न, यस्तो रहेछ, जिल्लाको चिया र कफी खेतिको सम्भावना !!


भोजपुर, १२ पौष ।
भोजपुर जिल्ला चिया र कफी खेतीको लागि उपयुक्त रहेको पाइएको छ । जिल्लामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क माटो परिक्षण शिविर गरे पश्चात विशेषज्ञहरुले यस्तो वताएका हुन् ।

माटो परिक्षणको लागि भोजपुर जिल्ला विभिन्न ठाउसंगै वाहिरी जिल्लाका किसानहरुको समेत सहभागीता रहेको थियो । शिविरमा भोजपुर जिल्लाको आमचोक गाउँपालिका, ट्याम्के मैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र छिमेकी जिल्ला खोटाङको जन्ते ढुङगा गाउँपालिका र खोटेहाङ गाउपालिकाका किसानहरुको ५७ प्रकारको माटोको नमुना परीक्षण गरीएको छ ।

परीक्षण पछि सबै किसानहरुले ल्याएको माटोको नमुना परीक्षण गर्दा चिया र कफि दुवै का लागी उपयुक्त रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया बिस्तार योजना फिक्कल इलामका निमित्त योजना प्रमुख सुमन त्रिखत्रीले वताएर।

भोजपुरका धेरै ठाउँमा चिया खेतीको प्रशस्त सम्भावना रहेको भए पनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले किसानहरुले सहज तरिकाले खेती गर्न सकुन भन्ने उद्धेश्यले माटोको परीक्षण शुरु गरिएको हो । भोजपुर जिल्ला चिया र कफि खेतिका लागी प्रस्शत संभाव्यता बोकेको जिल्ला छ तर पनि कतीपय किसानहरुले प्राविधीक ज्ञानको कमीले खेती बिस्तार गर्न सकिरहेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार