भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु, यस्तो छ, भोजपुर र धरानबाट ट्याक्सी छुट्ने समय तालिका !!


भोजपुर, १२ पौष ।

आज (वुधवार) वाट भोजपुर –धरान सिँदा ट्याक्सी सेवा शुरु भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुर र सुनसरी ट्याक्सी व्यावसायी भएको सम्झौता अनुसार वुधवारबाट ट्याक्सी सञ्चालनमा आएको हो ।

आज (वुधवार) विहान ६ वजे पहिलो र ८ वजे दोश्रो ट्याक्सी धरानको लागि छ्टेको व्यावसायीको भनाई छ । ट्याक्सी भोजपुुरबाट दैनिक विहान, ६ वजे ८ वजे र १० वजे र धरानबाट पनि सोही समयमा छुट्ने सगरमाथा ट्याक्सी व्यावसायी अध्यक्ष राजन राइले जानकारी दिए ।

भोजपुरबाट धरान सम्मको भाडा एक हजार ५० तोकिएको भोजपुर सगरमाथा ट्याक्सी व्यावसायी अध्यक्ष राईको भनाई छ । सेवाशुरु गरेको पहिलो दिन आज ट्याक्सीले अस्पतालमा नै पुगेर तोकिएकै भाडा दरमा विरामीलाई धरान लगेको अध्यक्ष राईले जानकारी दिए । उनले भने ‘हामीले यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ ट्याक्सी सञ्चालनमा ल्याएको हौ ।

 आज मात्र पनि जिल्ला अस्पतालको विरामीलाई त्यही पुगेर सेवा प्रदान गर्यौ । अन्य अवस्थामा पनि यस्तो खालको हाम्रो सेवा जारी रहन्छ । ’ साथै उनले यातयात क्षेत्रमा रहेको विकृति विसंगतीहरुलाई नियन्त्रण गर्दै जनतालाई सहज ढंगले सेवा दिने प्रतिवद्धता समेत जनाए । भोजपुरको लागि टिकट डाँडागाँउ, देउराली र पानी ट्याङ्कीबाट लिन सकिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार