माघ दोस्रो सातादेखि नेपाल औषधी लिमिटेडको सिटामोल बजारमा


काठमाण्डौ ११ पौष ।
नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो । सिटामोल बाहेकाका औषधी उत्पादनका लागि अनुसन्धान तथा बिकास शाखा स्थापना गरि कार्य अघि बढाइएको पनि नेपाल औषधी लिमिटेडले जानकारी दिएको छ । नेपाल औषधी लिमिटेड यस आर्थिक वर्षदेखि आफ्नो खर्च आफै व्यहोर्न सक्ने अवस्थामा पुग्ने जानकारी पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड घाटामा जान थालेपछि २०६७ सालदेखि बन्द भएको थियो । २०७४ वैशाखदेखि पुन सञ्चालनमा आएको लिमिटेडले शुरुमा जीवनजल उत्पादन गरेको थियो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार