संखुवासभा, ११ पौष ।
संखुवासभामा हत्याका घटना बढ्दोत्यस्तै, एक जनामा बलात्कार, दुई बलात्कारको प्रयास, घरेलु हिसां महिला हिसां पाँच, वालहिसां एक, कुटपिट धम्कि सात र गालिगलौजका ३ घटना भएको जनाइएको छ । सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्ममा जिल्लामा भएका मानवअधिकार उल्लंघनका २९ घटनामध्ये गत वर्षको तुलनामा हत्या बढेको र घरेलु हिसा बढेको इन्सेक प्रतिनिधि बाबुराम बास्तोलाले जानकारी दिए ।
संखुवासभामा सन् २०१६ मा हत्या तथा हत्या प्रयासका कुनै पनि घटना भएका थिएनन भने यो वर्ष हत्या तथा हत्या प्रयासका १० घटना भएका छन । त्यस्तै २०१६ मा घरेलु तथा महिला हिसांका घटना २७ ओटा भएका थिए भने यो वर्ष पाँच ओटा मात्रै भएको छ ।
सदुमुकाम खाँदबारीमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकार वर्षपुस्तकले मानव अधिकार प्रवर्धनमा सहयोग पुगेको बताए । सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने प्रमुख शाक्यले उल्लेख गर्दै इन्सेकले मानव अधिकार वर्षपुस्तकको क्षेत्र बढाउनुपर्ने सुझाव दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी मिघिरेले मानव अधिकारलाई सापेक्षित रूपमा हेर्नु पर्ने भएकोले नेपालको परिवेशमा गाँस, बास र कपासलगायतका आधारभूत आवश्यकताका विषयलाई उठान गरेर लानु पर्नेमा जोड दिए ।उनले वर्षपुस्तक तथ्यहरूमा आधारित भएकोले यसले सरकारले पुरा गर्नु पर्ने दायित्वहरू पुरा नगर्दा हुने मानव अधिकारका विषयहरू समेट्नु पर्ने धारणा व्यक्त गरे । उनले राज्य पक्षबाट भन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटना घटेको पाइएकाले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले महिलाका कारण पीडित भएका पुरूषका सवाल पनि राख्न सुझाव दिइन । उनले सामाजिक सञ्जालको दुरूपयोग र वैदेशिक रोजगारीले नेपालीका धेरै परिवारमा बिखण्डन आएकाले त्यस्ता विषय पनि मानव अधिकार वर्षपुस्तकमा समावेश गर्नु पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए ।उनले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताए । सहभागिहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।