भोजपुर, ११ पौष ।
भोजपुर जिल्लामा ६ ओटा स्वास्थ्य सस्था वाहेका सवैमा स्वास्थ्य सस्थामा हेथ्थ असिस्टेन्नको दरवन्दी पुरा भएको जिल्ला स्वाथ्य कार्यालय भोजपुुरले जनाएको छ । रिक्त रहेको धेरै जसो स्वास्थ्य सस्थाको लागि लोकसेवा आयोगले स्थायी कर्मचारी पठाएकोले अव भोजपुरको ६ ओटा स्वास्थ्य सस्थामा मात्र हेल्थ असिस्टेन्ट पद खाली रहेको स्वास्थ्य कार्यालयको भनाई छ ।
स्वास्थ्य कार्यालयले माग गरेको ४७ जना हेल्थ असिस्टेन्न मध्ये लोक सेवा आयोग मार्फत ३४ जना जिल्ला आएका मध्ये २७ जनाको विभिन्न स्वास्थ्य सस्थामा पोष्टीङ्ग भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङक सहायक मुकुन्द दाहालले जानकारी दिए ।
जिल्लामा दर्ववन्दी अनुसारको कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या रहेकोमा अव भने त्यो केहि मात्रामा कम हुने स्वास्थ्य कार्यालयको भनाई छ । यस अघि जिल्लाका ६४ ओटा स्वास्थ्य सस्था मध्ये जिल्ला अस्पताल, कुलुङ्ग, मुलपानी, वोया, साङ्गपाङ्ग, जरायोटार, चम्पे तिवारी भञ्जयाङ लगाएतका ठाउमा मात्र हेल्थ असिस्टेन्ट रहेको थियो ।