इलाम, १० पौष ।
इलाममा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । इलामको देउमाइ नगरपालिका६ फुटुक बस्ने डेबिड साउदेनको घरमा सोमबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ ।
टिनको छानो भएको २ तले घरमा सोमवार विहान विधुत सर्ट भइ अचानक लागेको थियो । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ।