भोजपुर, ९ मंसिर ।
भोजपुर जिल्लामा अवैध रुपमा प्राकृतिक साधनको दोहनमा प्रयोग गरिएका एउटा टिप्पर सहित ३ ओटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विखुवा, वेहेरे खोला लगाएत विभिन्न ठाउबाट अवैध रुपमा वालुवा तथा प्राकृतिक श्रोत साधन ओसार प्रसारमा सम्लग्न रहेका ट्याक्टरलाई प्रहरी नियन्त्रण लिएको हो । जिल्ला प्रहरी कार्यालय यसरी नियन्त्रणमा लिएको ट्याक्टरलाई कारवाहीको लागि जिल्ला समन्वय समितिमा वुझाएको छ ।
जिल्ला समवन्य समितिले नियन्त्रणमा लिएका ट्याक्टरलाई प्राकृति हेरी कानुनी कारवाही गर्ने जनाएको छ । त्यस्तै प्रहरीले आपसी झै झगडाको कारण अन्य पाँच ओटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।