भोजपुर, ७ पौष ।
विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै भोजपुर नगरपालिका – ४ दावाँका स्थानीयले नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् । वितरण केन्द्रले यस अघिका दिनमा धेरै पटक विद्युत वाल्ने प्रतिवद्धता गरे पनि हाल सम्म प्रतिवद्धता पुरा नगरेको भन्दै वडाबासीले संर्घर्ष समिति बनाई ज्ञापन पत्र पेश गरेका हुन् ।
प्राधिकरणले ९ वर्ष अगाडि नै भोजपुरको पश्चिमि सिद्धेश्वर हुदै गुप्तेश्वरको आधा खण्ड सम्म विद्युतीय पोल गाडेको र कतिपय ठाउमा ३ वर्ष अगाडिनै तारे टागेको भए पनि हाल सम्म विद्युत बिस्तारको काम अलपत्र रहेको छ ।
विगत देखिनै दवाव मुलक कार्यक्रम गर्दै विद्युत प्राधिकरणलाई झक्झक्याई रहेको भए पनि प्राधिकरणले अनेक खालका बाहाना बनाएर काम नगरेको उनीहरुको आरोप छ ।
ज्ञापन पत्र बुझदै नेपाल विद्युत प्राधीकरण भोजपुर वितरण केन्दका प्रमुख खगेन्द्र भण्डारीले यो भन्दा अगाडि पोल र ट्रान्सर्फमर किन्न नसेको कारण विद्युत विस्तार गर्न नसकेको वताए ।
प्राधिकरणले तत्कालै विद्युत विस्तार गर्ने आवस्वासन दिए पछि धेरै स्थानियले वाएरिङ्ग समेत गरिसकेका छन् । तर विद्युत विस्तारको काम भने तीन वर्षबाट अलपत्र रहेको छ ।
अव पनि विद्युत विस्तारमा दिलाई गरे आन्दोलनका कार्यक्रम गर्ने स्थानियले चेतावनी समेत दिएका छन् । स्थानिय सुदेश क्षेष्ठ भने ‘हामीले वितग ३ वर्ष देखि यस कार्यलयबाट धेरै आस्वासन पाउदै आएका छौ तर काम भने हाल सम्म सवै अलपत्र छ, अव पनि हाम्रो गाउँमा वत्ती वलेन भने चरणवद्ध आन्दोलको घोषणा गरेर ववाद दिन्छौ।’