रामप्रसादराई गाउँपालिकाको पहिलो गाउसभा सम्पन्न, यस्तो छ वजेट विनियोजनको प्राथमिकता !!


 

भोजपुर,६ पौष ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएको पाँच पछि रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको लागि  निसर्त अनुदान, ससर्त अनुदान, अनुमानित आन्तरिक आय र गत वर्षको खर्च हुन वाकी रकम सहित गरि २६ करोड ७४ लाख २६ हजार वजेट पारित गरेको छ  ।

जसमा ससर्त अनुदान ९ करोड ३७ लाख २३ हजार, निसर्त अनुदान १६ करोड ८२ लाख १७ हजार, गत वर्षको खर्च हुन वाकी रकम ४६ लाख र अनुमानित अन्तिरिक आय ८ लाख गरि सो वरावरको रकम  विनियोजन गरिएको हो । सभाले पहिलो प्राथमिकतामा सडक विस्तारलाई राखेको छ । सडक विस्तारमा ५ करोड १६ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्यलाई दाश्रो र खानेपानीलाई तेस्रो प्राथमिकतामा रकम छुट्याइएको छ । स्वास्थ्यमा १ करोड २६ हजार, खानेपानीमा ८४ लाख १७ हजार रकम विनियोजन भएको छ । त्यसै गरि  शिक्षालाई चौथो प्राथमिकतामा राख्दै ६२ लाख ३७ हजार रकम विनियोजन गरिएको गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत विक्रम लिम्वुले जानकारी दिए  ।

गाउँपालिकाका ८ ओटा वडाको लागि ६५ लाखको दरले ५ करोड २० लाख रकम छुटयाइएको छ , भने वाकी रकम गाउपालिकामा रहेको छ । गाउँपालिका प्रमुख विजय राईको  अध्यक्षतमा भएको गाउसभाको प्रमुख अथिति जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का र  विशेष अथिति  उप प्रमुख अनिसा खड्का रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार