।
भोजपुर, ५ पौष
भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउपालिका –२ छिनामखुको कुवाने डाँडा सम्म सडक खनिएको ७ वर्ष पछि पहिलो पटक यातयात सञ्चालनमा आएको छ । सदरमुकामबाट २९ किलोमिटर दुरी रहेको सो क्षेत्रमा सडक निर्माण भएको निकै लामो समय पछि यातयात सञ्चालनमा आएसंगै स्थानियमा खुसीयाली छाएको छ ।
सो क्षेत्रमा २०६७ सालमा कच्ची सडक खनिएको थियो तर पनि यस अघि ट्याक्टर वाहेक कुनै पनि सवारी साधन सञ्चालनमा आएका थिएनन् । सगरमाथा ट्याक्सी व्यावसायी संघ भोजपुरले वुधवारबाट दैनिक दुई ओटा सवारी साधन सञ्चालन गरे पछि सो क्षेत्र सडकको पहुँचमा जोडिएको हो ।
टयाक्सी दैनिक छिनामखुको कुवानेबाट विहान ७ ः ३० वजे र भोजपुरबाट दिउसो ३ वजे छुट्ने सञ्चालनको भनाई छ । भोजपुर सदरमुकामबाट सो क्षेत्र लागि तीन सय ५० भाडा निर्धारण गरिएको स्थानिय मुमिहाङ्ग राईले जानकारी दिए ।
स्थानियले यातयात सञ्चालनमा सहजता प्रदान लागि जंगनाथ राईको अध्यक्षतामा ९ सदस्य समिति समेत गठन गरेका छन् । स्थानिय यस अघिका दिनमा लामो समय सम्म पैदल यात्रा गरि सिरदली भन्ने ठाउ सम्म आएर कष्टकर यात्रा गर्न वाध्य थिए ।