भोजपुर ४ पौष ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले पछिल्लो समयमा अपराधको नियन्त्रणसंगै हराएको मोवाइल खोजीमा पनि निकै सफलता पाएको जनाएको छ । प्रहरीले हराएको तथा चोरी भएको भनी आएको उजुरीको आधारमा मोवाइल खोजी कार्यमा पनि सफल रुपमा काम गरिरहेको जनाएको हो ।
पछिल्लो समयमा विभिन्न ठाउबाट खोजी गरी २८ ओटा मोवाइल सम्वन्धीत व्याक्तिलाई वुझाएको मुद्धा फाटका सई देवराज निरौलाले जानकारी दिए । जसमा इलामबाट एक काठमाण्डौबाट तीन , पर्साबाट चार सुनसरी र सप्तरीबाट तीन/ तीन र वाँकी भोजपुर जिल्लाको विभिन्न ठाउबाट खोजी गरी मोवाइल धनीलाई सई निरौलाको भनाई छ ।
जिल्ला तथा अन्य जिल्ला वाहिरबाट आएको निवेदनको आधारमा ट्रेस गरि मोवाइल खोजी गरिएको प्रहरीको भनाई छ । प्रहरीले वैसाख देखि यो सात महिनाको अवधीमा सो वारवारको मोवाइलन वरामद गरेको हो भने खोजीको लागि २० ओटा भन्दा निवेदन परेको जनाएको छ । कसैको मोवाइल हराएको तथा चोरी भएको अवस्थामा मोवाइलको आइएमइ कोड सहित निवेदन दिन सकिने प्रहरीको भनाई छ ।