भोजपुर, ४ पौष ।
भोजपुर जिल्लाका ८० प्रतिशत वढि मानिसहरु खाद्यन्नमा आत्मानिर्भर रहेको जनाईएको छ । जिल्ला खाद्य सुरक्षा प्राविधिक समितिको पहिलो चौमासीक बैठक मार्फत यस्तो जानकारी दिएको हो ।
सवै खालको खाद्य वालीहरुको उत्पादनको तथ्याङक हेर्दा जिल्ला ८० प्रतिशत भन्दा वदी मानिस खाद्य आत्मार्भिर रहेको छन् भने करिव २० प्रतिशत मानिसहरुलाई वर्षभरि खान नपुग्ने कार्यालयको भनाई छ ।
समितिले खाद्य सुरक्षा स्थीती विश्लेषण समेत गरेको छ । समितिले जिल्लालाई खाद्यानको पहुँच तथा उत्पादनको आधारमा दुई भागमा विभाजन गरेको छ ।
जसमा पौवादुम्मा गाउँपालिका, हतुवागढि गाउँपालिका, आमचोक गाउँपालिका र अरुण गाउँपालिकाको ६ र ७ वडालाई ‘ख’ मा राखेको छ भने , भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राईगाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका र अरुण गाउँपालीकाका ६ र ७ नं वडा बाहेक सबैलाई ‘क’ मा राखिएको छ ।
‘ख’ समुहमा राखीएका गाउँपालिका र वडाहरु भन्दा ‘क’ मा रहेका वडाहरु उत्पादनको हिसाबले राम्रो रहेको समितिको ठहर छ ।