इलाममा बेवारिशे अबस्थामा ३ थान ईण्डियन पेस्तोल बरामद


इलाम २९ मंसिर ।

इलाम नगरपालिका ८ स्थित तिल्केनीबाट प्रहरीले बेवारिशे अबस्थामा ३ थान पेस्तोल र गोली बरामद गरेको छ। विहीवार बिहान ९ बजेको समयमा गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार देखे पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिई ३ थान ईण्डियन पेस्तोल र सोही पेस्तोलमा लाग्ने ८ राउण्ड गोली समेत बरामद गरेको छ।

बरामद पेस्तोलबारे सम्पूर्ण कानूनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार