भोजपुर २७ मंसिर ।
भोजपुर जिल्लामा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु हुने भएको छ । नेपालका २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर सहित ३८ जिल्लामा लागु हुन लागेको हो ।
स्वास्थ्य विमाको सेवाको लागि जिल्ला अस्पातालसंगै अन्य तीन ओटा स्वास्थ्य केन्द्रलाई तोकिएको छ । यो कार्यक्रम सञ्चालनको लागि जिल्लाका विभिन्न ठाँउमा अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानिय तह सम्म यसको वारेमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरि विमा गर्नको लागि सहजकर्ता नियुक्त गरि पौष महिनाबाट कामको थालनी हुने वताईएको छ ।
सरकारले सन २०१७ सम्ममा २० प्रतिशत, २०२० सम्म ५० प्रतिशत र २०३० सम्ममा सत प्रतिशत पु¥याउने लक्ष्यका साथ स्वास्थ्य विमा कार्यक्रमको शुरुवात गरिएको सामाजिक सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज ज्ञावलीले जानकारी दिए । पाँच जना सम्मको परिवारले दुइ हजार ५ सय रुपैयाको स्वाथ्य विमा गरे पछि ५० हजार वरावर उपचार पाउने ज्ञावलीको भनाई छ ।
यसरी विमा गर्ने परिवारले एक वर्ष भित्रमा विभिन्न २८ प्रकारको रोगहरुको उपचार गर्न पाउने जनाईएको छ । पाँच जना भन्दा वदी परिवार भएको अवस्थामा प्रति सदस्य वार्षिक रुपमा चार २५ रुपँैया तिर्नु पर्नेछ ।