भोजपुर, १४ मंसिर ।
प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भए प्रस्चात म्यादीहरुलाई विभिन्न प्रहरी चौकीमा खटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
निर्वाचनका लागि छनौट भएका ६ सय ६५ जना म्यादी प्रहरीलाई निर्वाचनको समयमा जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटाइएको भए पनि अव भने जिल्ला प्रहरी कार्यालयसंगै मातहतका प्रहरी चौकीमा खटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए ।
उहिरुले नेपाल प्रहरीसंग मिलेर आवश्यता अनुसार ड्युटी गर्ने प्रमुख पञ्यिारको भनाई छ । उनिहलाई कात्र्तिक १२ गतेबाट २४ गते सम्म आवश्यक तालिम दिएर कार्य क्षेत्रमा खटाइएको थियो ।