भोजपुुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थालाई लिएर उच्च स्तरिय छलफल, को को थिए छलफलमा ??


भोजपुर, ८ मंसिर ।

भोजपुर जिल्लाको निर्वाचन लक्षित सुरक्षाको अवस्थाको वारेमा गृह सचिव सहितको टोलीले छलफल गरेको छ । पछिल्लो समय भोजपुरमा निर्वाचन विरोधीहरुको क्रियाकलाप वढ्ने सक्ने ठहर गर्दै नेपाल सरकारका गृह सचिव मोहन कृष्ण सापकोटा, नेपाली सेनाका रथी पुर्ण चन्द्र थापा, नेपाल प्रहरी र ससस्त्र प्रहरीका आइजिपीहरु प्रकाश अर्याल र सिंह वहादुर श्रेष्ठ सहितको टोलीले छलफल गरेको हो ।

त्यस्तै छलफलमा राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी र प्रधानमन्त्रीका सुरक्षा विज्ञ एकमणी नेपालको पनि उपस्थिती रहेको थियो । गृह सचिव सापकोटाले निर्वाचनको सुरक्षालाई प्रभावकारी वनाउन निर्देशन दिएका छन् ।

गृह सचिव सहितको टोली शुक्रवार हेलिकप्टर मार्फत भोजपुर आएका हुन् । उनिहरुलाई जिल्लाको सुरक्षाको अवस्था वारे जिल्ला सुरक्षा समिति भोजपुरले जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार