भोजपुर, ७ मंसिर ।
भोजपुर जिल्लाको सवै मतदान केन्द्रमा विहिवार साँझ सम्ममा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगाएत कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका एक सय ४८ ओटै केन्द्रमा कर्मचारी गईसकेको सहायक मतदान अधिकृतक मणीराम पोखरेलले जानकारी दिए । भौगोलिक हिसाव दर्गम रहेका स्थानहरुमा वुधवारबाट नै कर्मचारी पठाएको थियो ।
वुधवार आमचोक, हतुवागढी, साल्पासिलिच्छो र षडानन्द नगरपालिकाको एक र दुई वडामा कर्मचारी पठाइएको भए पनि विहिवार भने जिल्ला सवै मतदान केन्द्रमा कर्मचारी पठाइएको हो ।
जिल्लामा मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी, कार्यालय सहयोगी गरि एक हजार एक सय ८४ जना कर्मचारी खटीएका हुन् ।
त्यस्तै मतदान अधिकृतले सवै मतदान केन्द्रमा गरि ६ सय ३ जना स्वयमसेवक नियुक्त गर्ने सहायक निर्वाचन अधिकृत पोखरेलले पोखरेलले वताए । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित उनिहरु केन्द्र तर्फ लागेका हुन् ।
केन्द्रमा पुगेर उनिहरुले मतदान केन्द्रको व्यावस्थापन, सर्वदलिय वैठक गर्ने लगाएत १० गते हुने निर्वाचनसंग सम्वन्धित कार्य गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।