भोजपुर, ५ मंसिर ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले मतदाताले आफ्नो नामवली भएको स्थनबाट मात्र मतदात गर्ने पाउने जनाएको छ । कतिपय मतदाताहरुमा जहाबाट पनि मतदान गर्न पाइन्छ भन्ने खालको भ्रम रहेको वताउदै कार्यालय यसको वारेमा प्रश्ट पारेको हो ।
त्यस्तै मतदानको दिनको प्रतिनिधि सभा सदस्य उमेद्धवारले सम्वन्धित मतदान अधिकृतको सिफारिमा जिल्ला प्रसासन कार्यालयको स्वीकृत लिएर एक र समानुपातिक तर्फ पनि एक वटा मात्र सवारी साधन चलाउने पाउने भएका छन् ।
त्यसैगरी प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपाति उमेदवार मुख्य निर्वाचन अधिकृतको सिफारि र प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा एक ओटा मात्र सवारी सञ्चालन गर्न अनुमति पाउने मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले वताए ।