भोजपुर, ४ मंसिर ।
निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय उमेदवारहरु माथी भइरहेको श्रृखलाबद्ध आक्रममण प्रति संयुक्त शिक्षक संयोजन समिति भोजपुरले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । समितिले आज प्रेस विज्ञप्ती जारी गदै ध्यानाकर्षण गरिएको हो । जनताको आफ्नो प्रतिनिधि छान्ने छानिने, संवैधानिक तथा मौलिक हक आधिकारलाई कुण्ठित पार्ने गरि यस्ता अमानविय गति विधि नगर्न सम्वन्धित पक्षसंग आग्रह गरिएको छ । सचिव ध्रुवराज रेग्मी र सदस्य खोमराज धमलाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, उमेदवार कार्यकर्ता, मतदाता, मतदान केन्द्र, मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, लगाएत सवै पक्षको सुरक्षाको लागि उच्च सतर्कता अपनाई देश भर हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने वातावरणको प्रत्याभुति गर्न जिल्ला प्रशासन भोजपुर र आबद्ध सरोकारवालहरुसंग अनुरोध गरिन्छ ।