टेम्केमैयुङ्ग गाउपालिकामा, लोकतान्त्रीक गठवन्धनको चुनावि सभा सम्पन्न


भोजपर, ४ मंसिर ।
भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा सोमवार लोकतान्त्रीक गठवन्धनले चुनावि सभा सम्पन्न गरेको छ । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउपालिका – २ छिनामखुमा एमाले परित्याग गरि ५१ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । लोकतान्त्रिगठवन्धनले आयोजना गरेको चुनावी सभा मार्फत रामकुमारी प्रधान, विष्णु कुमारी फुयाल, टेक वहादुर थापा सहित ५१ जना काङ्गे्रसमा प्रवेश गरेका हुन् ।

चुनावी सभामा वोल्दै नेपाली काङ्ग्रेस जिल्ला समिति भोजपुरका सभापति नन्दमणी राईले, विगत २५ वर्ष देखिको कम्निष्टको किल्ला रहेको भोजपुरमा यस पटकको निर्वाचनमा त्यो किल्ला तोड्दै लोकतान्त्रिक गठन्धनका उमेद्धवार विजयी हुने बताए । देश तथा जिल्लाको समग्र विकासको लागि लोकतान्त्रिक गठवन्धनका उमेदवारलाई विजयी गराउन सवै मतदातालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार