भोजपर,२९ कार्तिक ।
भोजपुरको कोटमा मंगलवार वाम गठवन्धनका भोजपुर (ख)का उमेद्धवार पुर्व सञ्चार मन्त्री एंव एमाले पोलिटव्युरो सदस्य शेरधन राई चढेको गाडीमा भएको वम प्रहारको भोजपुरका राजनैतिक दल तथा उमेद्धवारहरुले भत्सना गरेका छन् । मंगलवार दल तथा उमेदवारहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका हुन् ।
उनीहरुले उमेदवारको ज्यान लिने उदेश्यका साथ संगठित शक्तिबाट सुनियोजीत रुपमा सांघातिक हमला गर्दै भएको बम र गोलि प्रहारको घट्नाले स्तब्ध र गम्भीर तुल्याए विज्ञप्तीमा उल्लेख गरेका छन् भने घटनाको छानमिन गर्न उच्च स्तरीय समिति बनाउन सरकारसंग जोडदार माग गरेका छन् ।
विज्ञप्तीमा नेपाली काङ्गेसका जिल्ला सभापति नन्दमनी राई, नेकपा एमालेका कार्यवाहक अध्यक्ष देविराम चौलागाई, माओवादी केन्द्रका टिकाराम प्रधान, संघिय समाजवादी फोरमका आशकुमार राई र राप्रपा प्रजातान्त्रिका वावुराम वस्नेतले हस्ताक्षर गरेका छन् ।त्यस्तै वाम गठवन्धनका प्रतिनिधि सभा सदस्यका उमेद्वार सुदन किराती, लोकतान्त्रिक गठवन्धनका उमेदवार उमेशजंग रायामाझी, वाम र लोकतान्त्रिक गठवन्धनका भोजपुर (क) का उमेदवार राजेन्द्र राई र अजम्वर राई काङमाङ, भोजपुर (ख) का उमेदवार शेरधन राई, र संघियसमाजवादि फोरम नेपाल केन्द्रिय सदस्य हेमराज राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
देशव्यापी रुपमा एकपछि अर्काे उमेदवारहरु माथि भइरहेको हमला र आक्रमणका घटना र मंगलवार भोजपुर जिल्लामा पुर्व मन्त्रिको ज्यान लिने गरि भएको सांघातिक हमलाले गम्भीर प्रश्न विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, यस्ता घट्नाहरु घटिरहन,े कसैले जिम्मेवारि नलिन,े राज्यले घट्नाको छानविन नगर्ने, दोषि पत्ता नलगाउने र कारवाहीको कठघरामा नउभ्याउने कुराले हामी थप गम्भीर भएका छौ । त्यसैले पुर्व मन्त्री माथि हमला गरिएको घट्नाको वारेमा अध्ययन अनुसन्धान गर्न, दोषीहरुको खोजी गरी पत्ता लगाउन र कारवाहीको कठघरामा उभ्याउन एक उच्च स्तरीय समिति बनाउन सरकारसंग जोडदार माग गर्दछौ ।