भोजपुर २० कार्तिक।
भोजपुर नगरपालिकामा भुकम्प प्रतिरोधि घर निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको सात दिने डकर्मी तालिम सम्पन्न भएको छ ।
तालिम शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइले भूकम्प १४ गतेबाट तालीम सञ्चालन गरेको थियो । तालीममा भोजपुर नगरपालिका भरीका ३१ जनाको सहभागीता रहेको थियो ।
प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला यस तालिमले सहयोग पु¥याउने साथै तालीमबाट दक्ष डकर्मी उत्पादन भएपछि जिल्लाका भूकम्पपीडित लाभान्वित हुने जिल्ला संयोजक सुदिप उप्रतीले वताए ।
रामप्रसाद राई गाउँपालिकमा सोही तालीम सञ्चालन भइरहेको र २२ गतेबाट साल्पासिलिच्छो गाउँपालिकामा सञ्चालन गर्ने तयारी भइरेहेका संयोजक उप्रेतीको भनाई छ ।
भोजपुरमा दश हजार ६ सय २४ घर घरपरिवार भुकम्प पिडित रहेका छन् । केहि स्थानिय तहका पिडितहरुले पहिलो किस्ताको रकम लिएर घर निर्माण शुरु गरेका छन् भने कतिपय पिडितसंग सम्झौता भईरहेको छ ।