संखुवासभामा श्रम ऐन सम्बन्धी गोष्ठी सञ्चालन


संखुवासभा २० कार्तिक ।
नेपालको श्रम ऐन २०७४ सम्बन्धीको गोष्ठी आज खाँदबारीमा सम्पन्न भएको छ । विश्व परिदृश्य वकालत मञ्चले आयोजना गरेको एक दिने गोष्ठीमा श्रम ऐनको विशेषता, आधारभुत सिद्धान्त, सम्बैधानिक व्यवस्था लगातका विषयमा सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी गराउनु भएको थियो ।
समान कामका लागि समान ज्याला हुने पर्ने र ज्यालामा कुनैपनि कारणले विभेद गर्न नपाईने लगायत विषयमा जानकारी गराइएको थियो । ऐनमा संगठनको स्वतन्त्रता, प्रभाकारी सामुहिक सौदावाजी, जवसजस्ती काममा लगाउन नपाईने, बालश्रम उन्मुलन, समान ज्याला, भेदभावको समाप्ती लगायतका आधाभुत श्रम सिद्धान्त रहेको छ । त्यसैगरी यस अघिको २ प्रकारका रोजगारी रहेकोमा पछिल्लो ऐनमान नियमित, कार्यगत, समगत, आकश्मिक र आंशिक गरी ५ प्रकारमा वर्गिकरण गरिएको बारे गोष्ठीमा जानकारी गराइएको थियो । श्रमिक प्रति रोजगारदाताको कर्तव्य बारेमा समेत प्रस्ट्याइएको थियो ।
गोष्ठीमा श्रम ऐन २०७४ को विशेष चर्चा गरिए पनि सहभागिहरुले श्रम ऐन अझै पुर्ण नएको धारणा राखेका थिए । श्रम ऐन समग्र श्रमिकको पक्षमा नभएको भन्दै सहभागिले श्रम ऐ परिर्माजन गर्नुपर्नेमा जोडदिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार