भोजपुर १९ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले मतदान स्थललाई कसरी वलियो सुरक्षित वनाउने विषयमा प्रयोगात्मक रुपमा ज्ञान दिनको लागि प्रहरी र म्यादी प्रहरीलाई नमुना मतदान गराएको छ । निर्वाचनको वेला सुरक्षा निकायहरुसंग मतदान स्थलका विषयमा जानकारी नहुदा सुरक्षा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै उनिहरुलाई नमुना मतदान मार्फत ज्ञान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयार थारुले बताए । नमुना मतदानमा प्रहरी म्यादी प्रहरी गरि ४ जनाले सहभागीता जनाएका थिए ।
मंसिर १० गते पहिलो चरणमा हुन लागेका निर्वाचनमा भोजपुरबाट १ लाख १३ हजार ८ सय ९१ जना मतदाता सहभागी हुदैछन् । जिल्ला सुरक्षा समितिले १ सय ४८ ओटा मतदान केन्द्र मध्ये १७ ओटालाई अतिसंवेदन शिल, २४ ओटा संवेदनशिल र सामान्य ४६ ओटा लाई सामान्यमा राखेर सुरक्षा व्यावस्था मिलाई रहेको जनाएको छ ।
प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा छन् । निर्वाचनको सुरक्षाको लागि ६ सय ६५ म्यादी प्रहरी अन्य सुरक्षा निकाय पनि खटिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।