निर्वाचन सकिए लगत्तै एकीकरण हन्छः एमाले महासचिव ईश्वर पोखरेल


काठमाडौँ, कार्तिक १७ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन् ।

एमाले टोखा९ २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा पोखरेलले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए ।

काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुईतिहाइ ल्याउने जिकिरसमेत गरेका छन् ।

हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौ पोखरेलले भने, अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।उनले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार