भोजपुर,१६कात्तिक ।
भोजपुर नगरपालिकाले यो आर्थिक वर्षको ३ महिनामा १७ लाख वढी राजस्व संकलन गरेको छ । यो अवधिमा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित गरि १७ लाख २१ हजार २ सय ८६ रुपैया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।
भोजपुर नगरपालिकाले एकिकृत सम्पति करबाट मात्र ४ लाख ३९ हजार ९ सय रुपैया राजस्व संकलन गरेको छ । एकिकृत सम्पति करबाट भैसीपंखा, टक्सार, भोजपुर र वोखिमका ३३ सय आठ घर घुरीबाट सो वरावरको राजस्व संकलन गरेको राजस्व प्रमुख मनिकुमार तामाङ्गले जानकारी दिए । नगर क्षेत्रका यी वाहेका अन्य ठाउँहरुमा भने एकिकृत सम्पति कर लागु भएको छैन् । नगरपालिकाले घर र जग्गा वापत, क्षेत्रगत आधारमा कर संकलन गर्दै आएको छ ।
नगरपालिका गठन भए पस्चात २०७३ सालमा नगरपालिकाको एकिकृत सम्पति कर निर्धारणको लागि भरत तामाङ्गको संयोजकत्वमा वनेको ५ सदस्य टोलीले एकिकृत सम्पती करको निर्धारण गरेको थियो ।