भोजपुरमा १२ दलले दिए उमेद्धवारी


मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा उमेदवारी दर्ता गराउदै दलहरु ।

 भोजपुर, ५ कार्तिक

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ ओटा दलले उमेदवारी दिएका छन् । भोजपुरमा काङ्ग्रेस, एमाले, माओवादी, संघिय समाजवादी फोरम नेपाल ,मंगोल नेशनल अर्गनाइजेशन, राजपा लगाएत गरि १२ ओटा दलले मात्र उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

मुख्य दलहरुमा नेपाली काङ्ग्रेस र संघिय समाजवादी फोरम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि उमेशजंग रायामाँझीले उमेदवारी दिएका छन्, भने भोजपुर क्षेत्र नं – १ बाट सघिय समाजवादी फोरमको तर्फबाट अजम्वर राई काङ्माङ्ग र भोजपुर क्षेत्र नं– २ बाट काङ्ग्रेसको तर्फबाट गोविन्द वहादुर कार्कीको उमेदवारी परेको छ ।

त्यस्तै एमाले र माओवादी वाम गठवन्धनबाट प्रतिनिधि सभाको लागि माओवादीको तर्फबाट सुधन किराँतीले उमेदवारी दर्ता गराएका छन्। गठवन्धनले प्रदेश सभाको लागि भोजपुर क्षेत्र नं – १ बाट एमालेका राजेन्द्र कुमार राई र क्षेत्र नं – २ बाट एमालेकै पुर्वसञ्चार मन्त्री शेरधन राईको नाम दर्ता गराएको छ।

भोजपुरमा स्वतन्त्र तर्फबाट  एक जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए । स्वतन्त्र उमेदवारमा खुसीराज गुरुङ्ग रहेका छन् । भोजपुरमा प्रदेश सभाको लागि एक र प्रतिनिधि सभाको लागि २ ओटा निर्वाचन क्षेत्र रहेका छन् । नेपाली काङ्गे्रस उमेदवार काठमाण्डौबाट आउनु पर्ने भएकाले मनोनयन दर्ता केहि ढिला भएको थियो । मौसमको कारण भोजपुरमा जहाज आउन नसके पछि उनिहरु हेलिकप्टर मार्फत जिल्ला आएका थिए । दलहरुको शान्तिपुर्ण रुपमा उत्साहजनक ढंगले उमेदवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार