भोनपा –४ शिद्धेश्वरको वडा परिषद सम्पन्न


भोजपुर, ३० जेठ ।
भोजपुर नगरपालिका वडा नं ४ सिद्धेश्वरको वडा परिषद सम्पन्न भएको छ । वुधवार भएको वडा परीषदले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ४५ लाख बराबरको योजना तथा कार्यक्रम तयार गरेको छ ।

परिषददले विद्युतलाई १४ लाख, सडकलाई साँढे ७ लाख गरी अन्य विविध कार्यक्रम गरी ४१ वटा कार्यक्रम तयार गरेको छ । त्यस्तै वडा कार्यालयबाट सञ्चालन हुन नसकेका ८ वटा योजना नगरपालिकामा र ३/३ वटा प्रदेश सरकार र केन्द्र सरकारलाई दिएको वडा सदस्य ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै स्वास्थ्य कार्यालयको भवन निमार्णका लागि जग्गा खरीद गर्नलाई भोजपुर नगरपािलका ४ निवासी तथा हाल काठमाडौं र अमेरिका वस्दै आएका नेत्र बहादुर पाण्डे, काजी बहादुर पाण्डे र प्रेम बहादुर पाण्डेले १/ १ लाख गरी तीन लाख रुपैया सहयोग गरेकामा वडा कार्यालयले वडा परिषद मार्फत  धन्यवाद ज्ञापन गरेको छ ।
उक्त रकममा वडा कार्यालयले नपुग रकम थप गरी जग्गा खरिद गरेर चाँडै नै भवन निमार्णको प्रक्रिया अगाडि बढाइने वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार