भोजपुरका एक व्यक्तीद्धारा १० लाख मुल्यको जग्गा निशुल्क प्रदान ….


जग्गादाता सयन कुमार श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गर्दै भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले । तस्विर: विनम श्रेष्ठको फेसवुकबाट ।

भोजपुर, ४ जेष्ठ ।
भोजपुर वजारका एक व्यक्तिले सडक निर्माणको लागि करिव १० लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् ।स्थानिय सयन कुमार श्रेष्ठले भोजपुरको चारभञ्याङ्गमा रहेको २ पैसा २ दाम जग्गा सडक निर्माणका लागि दिएक हुन् ।

 

श्रेष्ठले चार भञ्याङ्गबाट पानीट्याङ्की जाने वाटो निर्माणका लागि आफ्नो स्वामित्वमा रहेको जग्गा निशुल्क प्रदान गरेको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले जानकारी दिए ।श्रेष्ठले जनताको हितको लागि अत्यन्तै महत्वपुर्ण काम गरेको भन्दै भोजपुर नगरपालिकाले सम्मान पत्रले सम्मान समेत गरेको छ ।

सम्मान पत्र हस्तान्तरण गर्दै मेयर आलेले सामाजीक काम गरेकोमा धन्यवाद दिदै, नगरपालिकाको तर्फबाट आभार समेत प्रकट गरे । जग्गादाता श्रेष्ठ हाल झापामा वस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार