भोजपुरमा प्रहरी जवानले वचाए सुत्केरीको ज्यान


भोजपुर, २ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका एक जवानले रगत दिएर सुत्केरीको ज्यान वचाएका छन् । जिल्ला अस्पताल भोजपुरमा सुत्केरी भएकी रामप्रसादराई गाउँपालिका– ९ धोद्लेखानीकी एक महिलालाई रगत दिएर प्रहरी जवानले ज्यान वचाएका हुन् ।

मृत वच्चा जन्माएकी धोद्लेखानीकी ४२ वर्षीय धनमाया मगरलाई जिल्ला प्रहरी कार्यालय भोजपुरका जवान वम वहादुर चौहानले रगत दिएर ज्यान वचाएका हुन् ।

सोमवार जिल्ला अस्पतालमा सुत्केरी भए पछि उनको अत्याधिक रक्तस्राव भएको थियो । प्रहरी जावनले रगत दिएर सुत्केरीको ज्यान वचाई दिएकोमा परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार