भोजपुरमा मतदान अधिकृतको तालिम


भोजपुर, ४ कात्र्तिक ।

भोजपुर जिल्लामा सोमवारबाट मतदान अतिकृत र सहायक मतदान अधिकृतको तालिम शुरु भएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम शुरु भएको हो । तालिममा मतदान  अधिकृत र सहायक मतदान अधिकृत गरि ३ सय  १० जना सहभागी  रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तालिम  ६ गते सम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । तालिमका सहभागीहरुलाई मतदान गर्ने तरिका, मतदात केन्द्र वनाउने तरिका, आचरसंहिता, सुरक्षा लगाएतको विषयमा सिकाइने  पोखरेलको भनाई छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरि ११ सय ८४ जना कार्मचरी खटिने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।  एउटा केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । मंगलवारबाट  दुरीको आधारमा कर्मचारीलाई आवश्यक सामग्री दिएर कर्मचारीलाई कार्य क्षेत्रमा खटाउने तयारी भई रहेको सहायक मतदान अधिकृत मणीराम पोखरेलले वताए  ।

 पहिलो चरणमा आमचोक गाउँपालिका, साल्पासिलिछो  गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकाको १ र २ र टेम्केमैयुङ्ग गाउँपालिकाको ३, ४ ,५, ९ वडाका मतदान अधिकृतलाई मंगलवार निर्वाचन साम्रगी जिम्मा लगाइने पोखरेलको भनाई छ । भोजपुरमा पहिलो चरण अन्तर्गत मंसिर १० मा निर्वाचन हुदै छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार