भोजपुरका स्थानिय आफैंले वनाए ‘सडक’


भोजपुर, १ जेष्ठ ।

भोजपुरको पौवादुङ्मा गाउँपालिकामा वडा नं– २ तिवारी भञ्याङ्ग र वडा नं ३ देउरालीटोलका स्थानियले आफ्नै सकृयतामा करिव तीन किलो मिटर सडक निर्माण गरेका छन् ।
गाउँपालिका स्थित च्याङ्रेको देउराली र तिवारी भञ्ज्याङ्ग खत्री गाउँ र बरबोटेका बासिन्दाले प्रत्येक घरबाट आफ्नो क्षमता अनुसारको रकम संकलन गरेर सडक निर्माण गरेका हुन् । तिवारी भञ्ज्याङ् वडापालिकाबाट बिनियोजित ८ लाख रकम वडा कार्यालयले सो क्षेत्रको सडक निर्माणमा खर्च नगरेपछि स्थानियले समिति गठन गरेर आफ्नै पहलमा सडक निर्माण गरेको समितिका अध्यक्ष रेवतीरमण भट्टराईले जानकारी दिए ।

वडा कार्यालयबाट विनियोजन भएको वजेट अन्यत्र ठाउँको सडक निर्माणमा खर्च गरिएपछि स्थानियले जनश्रमदान र नगद गरि करिव ५ लाख लागतको सडक निर्माण गरेको उनको भनाई छ । उनले भने‘ पहिला वडा कार्यालयले हाम्रो क्षेत्रको सडक निर्माणको लागि छुट्याएको वजेट अर्कै क्षेत्रमा सडक खन्न खर्च गरे पछि स्थानिय मिलेर सडक खनेका हौं । स्थानियको लगानीमा ३ किलो मिटर सडक निर्माण गरेका छौ ।’

यो सडक भञ्ज्याङ् देखि भोजपुरसम्म वैकल्पिक सडकको रुपमा समेत हेरिएको स्थानियको भनाई छ । यसैबीच पौवादुङ्मा गाउँपालिकाद्वारा तिलाहार,कान्ले, मार्से बास्तिम सडक स्तरोन्नतिका लागि बिनियोजित २० लाख बजेटको लगानीमा सडक विस्तारको काम शुरु गरेको छ ।

यो सडक तिवारीभञ्याङ्ग देखि भोजपुरसम्म वैकल्पिक सडकको रुपमा समेत हेरिएको स्थानियको भनाई छ । यसैबीच पौवादुङ्मा गाउँपालिकाद्वारा तिलाहार,कान्ले, मार्से बास्तिम सडक स्तरोन्नतिका लागि बिनियोजित २० लाख बजेटको लगानीमा सडक विस्तारको काम शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार