भोजपुरको हतुवागढी गाउँपालिकाले गर्यो, स्वागत योग्य निर्णय !


भोजपुर, २६ वैसाख ।
हतुवागढी गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालन भएको गाउँसभाले चालु खर्च शिर्षक तर्फको एक करोड २७ लाख, ५० रुपैया वजेटलाई पुँजी गतमा परिवर्तन गरेको छ ।

गाउँपालिकामा तोकियको दर्वन्दी अनुसारको कर्मचारी नभए पछि गाउँ सभाले चालु खर्चलाई पुँजीगतमा रुपान्तरण गरेको गाउँपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए । गाउँपालिकामा २७ कर्मचारीको दर्वन्दी भए पनि हाल १० जना मात्र कर्मचारी कार्यरत रहेको प्रवक्ता विष्टको भनाई छ ।
यो वजेट सहित २ करोड ११ लाख वरावरको वजेट सडक र पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै थप योजना सञ्चालन गर्ने गाउँसभाले निर्णय पारित गरेको छ ।
कर्मचारी खर्च वापतको रकम समयमा परिवर्तन नगरे फ्रिज भएर जाने भएकाले त्यसलाई गाउँपालिकाको विकासमा खर्च गर्ने उद्धेश्यले पुँजीगतमा परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले वताए । गाउँ सभा मंगलवार सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार