भोजपुरको तिम्मा माध्यमिक बिद्यालयलाई एक समाज सेवीद्धारा ५० हजार वढीको अक्षयकोष स्थापना


विद्यालयलाई रकम हन्तान्तरण गर्दै अक्षयकोषदाता हिलगम्भिर राई । तस्विर : छिवालुङवाली राई ।

भोजपुर, १९ वैसाख ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका – एक तिम्मामा रहेको तिम्मा माध्यमिक बिद्यालयलाई एक समाज सेवीले अक्षयकोष स्थापना गरि दिएका छन् ।

बिद्यालयको शैक्षिक क्षेत्रमा विकास होस भन्ने उद्धेश्यले हिलगम्भिर राईले आफ्नी स्वर्गीय धर्मपत्नी दुर्गालक्ष्मी साम्सुहाङ राई र स्वर्गीय छोरा तिर्थहाङ साम्सुहाङ राईको स्मृतिमा ५१ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरि दिएका हुन् । तिम्माबाट बसाइँसराइ गरि राई  हाल पथरिशनिस्चरे – २ मोरङ वस्दै आएका छन् ।

अक्षयकोषबाट प्रत्येक बर्ष कक्षा -८ मा गाउँपालिका स्तरीय परिक्षामा सर्बोत्कृष्ट अङ्क ल्याई उतिर्ण हुने एक/  एक छात्र र छात्रालाई २ हजार एक सयका दरले र वार्षिक परिक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याई उतिर्ण हुने एक छात्रालाई दुई हजार एक सय नै छात्रवृति दिइने विद्यालयले जनाएको छ । वुधवर बिद्यालयमा एक औपचारिक कार्यक्रमका बिच अक्षयकोषदाता राईले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमश्वर राई र प्रधानध्यापक मणिप्रसाद राईलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार