खोटाङ्गमा मेयर विरुद्ध उच्च अदालतमा उजुरी


खोटाङ १० बैशाख। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले एक शिक्षिकालाई तलवबाट बन्चित गराएको गुनासो आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर– ८ स्थित दोर्पा दोवेलाबीच आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी दाहालले आफुलाई नगरपालिकाका मेयर रिजालले राजनीतिक प्रतिसोधका आधारमा तलववाट बन्चित गराएको गुनासो गर्नु भएको हो ।

दोवेलाबीच आधारभूत विद्यालयको शिक्षक पदपूर्तिका लागि तत्कालिन जिल्ला शिक्षा कार्यालयले मिति २०७४ साल भदौ १० लिएको छनौट परिक्षामा उतिर्ण भएकी लक्ष्मीलाई भदौ १४ गतेको विव्यास समितिको बैठकलले नियूक्ति दिईएको थियो ।

भदौ १४ गतेदेखि विद्यालयमा हाँजिर भएकी उनलाई नगरपालिकाले प्रकृया पूरा नगरि शिक्षक छनौट गरिएको भन्दै तलवबाट बन्चित गराएको छ ।

आफुलाई तलव के कारणले नदिएको भन्दै नगरपालिकाका मेयर रिजाललाई बुझ्दा शिक्षकको लिष्टमा नरहेको प्रतिक्रिया रिजालले दिएको पीडित लक्ष्मीले बताईन् । उनले भनिन, “राजनीतिक प्रतिसोधका आधारमा मैले पाउँनुपर्ने तलवबाट बन्चित गराईएको हो, म परिक्षामा सामेल भएर आफ्यो योग्यता अनुसार सवै प्रक्रिया पुरा गरेर विद्यालयमा हाँजिर भएको हुँ, तर यतिखेर राजनीतिक कुराबाट मलाई शिक्षक हैन भन्दै तलवबाट बन्चित गराईएको छ ।”

तलवबाट बन्चित गर्नेलाई उच्च अदालत ओखलढुङ्गामा पीडितले उजुरी हालेकी छन् । उजुरीमा विव्यास समिति, प्रधानध्यापक ईन्द्रकुमार श्रेष्ठ, वडा अध्यक्ष लिला चौहान, परिक्षा समिति, तत्कालिन जिल्ला शिक्षा कार्यालय, र नगरपालिकाका मेयर दीपनारायाण रिजालमाथी उच्च अदालत ओखलढुङ्गामा उजुरी हालिएको उनले जानकारी दिईन् ।

उच्च अदालत ओखलढुङ्गाले विव्यास समिति, प्रधानाध्यापक, वडा अध्यक्ष, परिक्षा समिति, जिल्ला शिक्षा कार्यालय, र नगरपालिकालाई बैशाख ९ गते हाँजीर हुन पत्राचार गरिसकेको एक स्रोतले बताएको छ । आज यस विषयमा उच्च अदालत ओखलढुङ्गाले छलफल गर्दैछ ।
नगरपालिकाले मिति २०७४ कार्तिक १२ गते विद्यालयलाई प्रावि शिक्षक छनौट प्रक्रिया पूरा नगरि छनोट कार्य भएको भन्दै पुन परिक्षा गर्न पत्राचार गरेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले भने शिक्षक छनौट गर्दा पत्रृया पूरा नगरि गरिएको तथ्यका आधारमा तलव नदिएको बताए । उनले भने, “हामीले वडा कार्यालयलाई प्रतिवेदन माग्यौ, वडा कार्यालयले पनि प्रक्रिया पूरा नभएकोले पून परिक्षा गर्न भन्दै हामीलाई पत्रचार गरेको छ, उहाँले अदालतमा उजुरी हाल्नु भएको छ, अव अदालतले ‘डिसिजन’ गर्छ ।”
यस विषयमा जानकारी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनबहादुर श्रेष्ठसंग सम्पर्क हुन सकेन् ।

दोर्पा दोवेलाबीच आधारभूत विद्यालयलाइ पूनः परिक्षा गर्न नगरपालिकाले लेखेको पत्र ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार