गाई काटेको आरोपमा तेह्रथुममा ३ जना पक्राउ


तेह्रथुम, १० वैशाख । तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले छथर गाउँपालिका–६, का ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई गाई काटेको मासुसहित पक्राउ गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय वसन्तपुर ल्याइएको छ ।

उनीहरुले आइतबार राति गाई काटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश कोइरालाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार