भोजपुर आँखा अस्पताल भवनको उद्घाटन


भोजपुर, ६ वैसाख ।
भोजपुर आँखा अस्पताल भवनको उद्घाटन गरिएको छ । भोजपुर नगरपालिका –१२ टक्सारको पुरानो डवलीमा वनेको नव – निर्मित भवनको विहिवार एक कार्यक्रमका विच नेपालका लागि जापनी राजदुत मासासी ओगावा र नेपाल नेत्र ज्योतिसंघ केन्द्रिय कमिटि अध्यक्ष प्रध्यापक डा. तिर्थ प्रसाद मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भवन जापान सरकारको एक करोड आर्थिक सहयोगमा निर्माण हो ।भवन नेत्र ज्योती संघको आफ्नो नाममा रहेको तीन रोपनी क्षेत्रमाफलमा वनेको छ ।

भवनको उद्घाटनसंगै कार्यालयको दिने सवै सेवा नयाँ भवनबाट नै दिन शुरु गरिएको कार्यालय प्रमुख विजय तामाङ्गले जानकारी दिए । उक्त अस्पतालले आँखासंगै कानको समेत उपचार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार