भोजपुरको जरायोटारमा सुमो दुर्घटना


भोजपुर, ६ वैसाख ।
भोजपुरको पुर्वी अरुण गाउँपालिका– ६ जरायोटारको माँझीटारमा सुमो दुर्घटना भएको छ । भोजपुरबाट दमक तर्फ जादै गरेको मे १ ज २६६३ नम्वरको सुमो व्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ४ नागी वस्ने ४० वर्षिय शाकिला राईको करङ र देव्र खुट्टा भाँचिएको र ढाडमा चोट लागेको छ । त्यस्तै सोही गापाको वडा नं –५ खावा वस्ने ३० वर्षीय मनीकला राईको हात र ढाडमा चोट लागेको प्रहरीको भनाई छ ।
त्यस्तैगरी इटहरी –१९ वस्ने ४८ वर्षीय सान्ता राईको देव्र खुट्टा भाँचिएको, इटहरीकै २३ वर्षीय रोयल राईको टाउको र कानमा चोट लागेको र सोही स्थानका ५० वर्षीय रामकुमार राईको घाँटी र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घाइतेहरुको धनकुटा मेडिकल लेगुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रहरीले जनाएको छ । सुमो व्रेक फेल भई सडकमा पल्टिएको थियो । दुर्घटना पश्चात चालक र सुमोलाई प्रहरीले नियन्त्रण लिएको छ । विहिवार विहान करिव १० वजे दुर्घटनामा परेको सुमोमा १० जना यात्रु रहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार