भोजपुरमा काठे पुलबाट झरेर ५ वर्षीय वालिकाको मृत्यु, एक गम्भिर घाइते


भोजपुर, ४ वैसाख ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –५ खावाको वाचिम्ले खोलामा काठको पुलबाट झरेर एक वालिकाको ज्यान गएको छ, भने वालिकाका वुवा गम्भिर घाइते भएका छन् ।

मंगलवार विहान सोही गाउँपालिका वडा नं – ३ अन्नपुर्णबाट ससुराली कोट जाने क्रममा पुलबाट लडेका स्थानिय ३३ वर्षीय भोजराज श्रेष्ठकी ५ वर्षीय छोरी जेनिसा श्रेष्ठको स्वास्थ्य चौकी नागीमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

वालिकाको उपचारको क्रममा ११ः४५ वजे मृत्यु भएको प्रहरी प्रहरीको भनाई छ ।पुलबाट झरेर गम्भिर घाइते जेनिसाका वावुलाई भने थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

पुलबाट चिप्लेर झरेर गम्भिर घाइते भएका दुवै जनालाई स्थानियले उद्धार गरि स्वास्थ्य चौकी सम्म पु¥याएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार