भोजपुरको च्याङ्ग्रेमा भैंसीले हाँन्दा एक जनाको मृत्यु


भोजपुर, २६ चैत्र ।
भोजपुर पौवादुङ्मा गाउँपालिका –३ च्याङ्ग्रेमा भैंसीले हान्दा एक जनाको ज्यान गएको छ ।

 

आफैले पालेको भैंसीहरु एक आपसमा जुँदे पछि छुट्याउने क्रममा भैंसीले हान्दा स्थानिय निरवहादुर फुयाँलको श्रीमती दिलकुमारी फुयाँलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

आइतवार साँझ करिव ५ वजेको समयमा फुयाँललाई भैंसी हान्दा घटना स्थलमै ज्यान भएको प्रहरीको भनाई छ । मृतकको सवलाई जिल्ला अस्पताल ल्याइएको छ भने घटना विषय थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार