मुख्यमन्त्री शेरधन राईको स्वागतको लागि यस्तो छ, भोजपुरमा तयारी !


भोजपुर, २५ चैत्र ।
भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रमको लागि प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आउने भए पछि राईको स्वागतका लागि तयारी तिव्र वनाइएको छ ।

मुख्यमन्त्री वने पछि राई पहिलो पटक गृह जिल्ला आएका हुन् । राई भोजपुरको घोडेटारमा एक कार्यक्रमलाई सम्वोधन गरेर सदरमुकाम आउने तयारी रहेको छ ।

राईले साक्षर जिल्ला घोषणासंगै भोजपुरको उद्योग वाणिज्य संघको भवन उद्घाटन समेत गर्नेछन् ।

राईको स्वागतको लागि विद्यालय तथा विभिन्न संघ सस्था तुल व्यानर टाँगेका छन्, भने ठाउँ–ठाँउमा स्वागतद्धार समेत निर्माण गरिएको छ । । घोषणा कार्यक्रम हुने टुडिखेलमा पनि सम्पुर्ण तयार पुरा भएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार