भोजपुरमा साथीलाई खुकुरी प्रहार गर्ने, युवक प्रहरी खोरमा


भोजपुर ९ चैत्र । सथीलाई खुकुरी प्रहार गर्ने एक युवकलाई ज्यान मार्ने उधोगमा मुद्धा दर्ता गरि थुनामा राखिएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं ९ बस्ने मिलन राईलाई उजुरीका आधारमा ज्यान मार्ने उधोगमा मुद्धाचलाई पुरपक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राईले सोहि स्थानमा वस्ने दिनेश भनिने चन्द्र कुमार बस्नेतलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने प्रयास गरेका थिए । पिडकले दिएको उजुरीको आधारमा राईलाई प्रत्राmउ गरि कारागार चलना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

राईले २०७४ फागुन १२ गते राती एघार बजेको समयमा वस्नेतलाई टाउकोमा धारिलो खुकुरी प्रहार गरि ज्यान मार्ने प्रयास गरेका थिए ।

राईलाई जिल्ला अदालत भोजपुरको आदेशमा विहिवार कारागार चलान गरिएको हो । घाईले वस्नेत भने उपचार पस्चात घर फर्की सकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार