भोजपुरको हतुवागडी गाँउपालिकामा आगो लागि हुँदा एक घर जलेर नश्ट


भोजपुर, ६ चैत्र ।भोजपुरको हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगोलागि हुँदा एक घर जलेर नष्ट भएको छ ।

स्थानिय रामप्रसाद राईको घरमा आगो लागि हुदा सात लाख पचास हजार बरावरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईको घरमा रहेको सोलर सेट सट भई आगो लागि भएको हो ।

आईतवार भएको आगोलागिबाट राईको घरमा रहेका अन्नपात, चार वटा खसी दुई वटा बाख्रा, एक थान ल्याप्टप लगाएतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार