पाँचौ भोजपुर आइडलको उपाधी जितेनलाई, यस्तो छ अन्य उत्कृष्ट चारको सुची !


भोजपुर,२५ फागुन ।

पाँचौ भोजपुर आइडल भोजपुर नगरपालिका –१० भैसीपंखाका जितेन राई भएका छन् । कटुन्जे युवा क्लब धोद्लेखानीद्वारा आयोजित पाँचौ भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगी मध्ये राईले उपाधि चुमेका हुन् ।

फाइनलमा गायक दिपक वान्तावा र कला राईको निर्णय तथा भोटिङका आधारमा राई पाँचौ भोजपुर आइडल घोषित भएका हुन् । राईले ट्रफी प्रमाण पत्रको साथमा नगद एक लाख र विभिन्न अवसरहरु पाएका छन् ।

त्यस्तै उत्कृष्ट स्वर तर्फ भोजपुर नगरपालिका –१२ का दिपक शाक्य, उत्कृष्ट अनुशासन अरुण गाउँपालिका एक याङपाङकी अनिता आले मगर उत्कृष्ट व्यक्तित्व रामप्रसाद राई गाउँपालिकाका सुजन राई, उत्कृष्ट प्रस्तुति हतुवागढी गाउँपालिकाका कमल राई घोषित भएका छन् ।

उत्कृष्ट स्वरले नगद २० हजार, उत्कृष्ट अनुससान १० हजार, उत्कृष्ट व्यक्तित्व, १० हजार, उत्कृष्ट प्रस्तुति नगद १० सहित ट्रफी प्रमाण पाएका छन् । अवसरको अभावमा साघुँरो भुगोलमा रम्न वाध्य कलाकारहरुलाई संगितको मुलधारमा ल्याउने उद्धेश्यका साथ कटुन्जे युवा क्लव विगत ६ वर्ष प्रतियोगिता गराउदै आएको छ । साथै शनिवार नै छैटौ भोजपुर आइडलको दोश्रो अडिसन समेत सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार