मोदीलाई पत्र पठाएर ओलीले के भने ?


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आफू भारत सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने लगभग निश्चित रहेका ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको पत्रमार्फत संकेत गरेका छन् ।

पगणतन्त्र दिवसको अवसरमा मोदीलाई पत्र पठाउँदै उनले यस्तो बताएका हुन् । उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि सँगै काम गर्न चाहेको बताए । ओलीले शन्देशमा भनेका छन्, यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा व्यक्त गर्न चाहन्छु ।

दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु । भरखरैको निर्वाचनबाट चुनिएका एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसँग दुई देशको उज्वल भविश्यको लागि सँगै काम गर्न अतुर छु ।

ओलीले भारतको संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र बिस्तृत दस्तावेज भएको समेत उल्लेख गरेको छ ।

उनले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट सिक्दै गरेको उल्लेख गर्दै त्यसतर्फ पहिलो पाइला चालेको र हालै मात्र संघीय प्रान्तीय र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार