भोजपुरमा ADSLमा समस्या, यस्तो छ, अवरोध हुनुको कारण !


भोजपुर, १६ माघ ।
भोजपुर जिल्लामा ADSLमा समस्या हुँदा सेवाग्राही मारमा परेका छन् । DISLAM मा समस्या आएको कारण भोजपुरका ९६ जना सेवाग्राहीको इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम भोजपुरले जनाएको छ । जिल्लामा इन्टरनेट वितरण गरिएका ३ ओटा DISLAM मध्ये एउटा DISLAM मा समस्या भएको हो ।

 

भोजपुरमा २ सय ६० ADSL का सेवाग्राही रहेको नेपाल टेलिकम जिल्ला साखा भोजपुरका सुचना अधिकारी निराजन सुवेदीले जानकारी दिए । उनले भने‘ सोमवार दिँउसो ४ वजेबाट ९६ जना सेवाग्राहीको इन्टरनेट सेवामा समस्या रहेको तर वाँकी भने समस्या छैन, समस्या भएको ग्राहकको पनि सेवा सुचारु गर्नको लागि कोशिस भईरहेको छ ।’

सुवेदीका अनुसार सेवा कति वेलाबाट शुरु हुने त्यो भने टुङ्गो छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार