इँटा प्रहार गरी बाबुको हत्या


काठमाडौं १२ माघ, ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय सम्शेरबहादुर थापा छन् ।

 

मादक पदार्थ सेवन गरेका थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार