पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न


भोजपुर, २३ असोज । पाँचधारे कला साहित्य केन्द्र भोजपुरको आयोजनामा भएको साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वर्गिय विरेन्द्र गुरूङको स्मृतीमा आयोजना भएको कार्यक्रममा कविता प्रतियोगितासँगै विभिन्न सास्कृतिकसमेत गरिएको हो ।
खुल्ला कविता प्रतियोगितामा ११ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा नमुना तामाङ प्रथम, फन्जुसा गूरुङ द्धितिय र महेश चौलागाइ तृतिय भएका छन् । प्रथम द्धितिय र तृतिय हुनेले प्रमाण पत्रको साथमा क्रमशः तीन हजार, दुई हजार, एक हजार पाएका छन् ।

स्वर्गीय गरूङले पु¥याउनु भएको योगदानको कदर गर्दै कविता प्रतियोगितासँगै विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिएको पाँचधारे कला साहित्य केन्द्र टेम्केमैयुङ ९ लखर्क भोजपरकी अध्यक्ष कविता राईले बताउनुभयो ।

कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अथिाति तथा कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले गरूङको स्मृतिमा गरिएको यो कार्यक्रमले उहाँको सम्मानसँगै प्रतिभा उजागर गर्न र सिर्जनशीलतालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले स्वर्गिय गरूङको सम्मान स्वरुप गुरुङले सांगितिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै रु. एक लाख राशीको विरेन्द्र गरूङ स्मृति अक्षयको स्थापना गर्नु भएको छ ।

पाँचधारे कला साहितय कला केन्द्र सञ्चालनार्थ यो अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो । कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका वडा न -९ का वडाध्यक्ष नभराज माङ्पाहाङ्ले साहित्यकार, कवि, विभिन्न संघ संस्थाका प्रतिनिधी शिक्षक लगायतको उपस्थिति हरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार