श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी


भोजपुर, २० असोज । भोजपुरको हतुवागढी गाउँपालिका-१ तल्लोहर्काका स्थानीयबासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षातको कारण सडक हिलाम्य भएर आवत जावतमा समस्या भएपछि उनीहरुले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।

सडक अवरुद्ध भएपछि स्थानीयबासीको सकृयतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा विच्छ्याउने, झाडी फाड्ने, सडकको नाली कटाउने लगायतको काम गरिएको स्थानीय प्रदिप खड्काले जानकारी दिनुभयो ।

स्थानीयबासीको सक्रियतामा तल्लोहर्का क्षत्रको करिव डेढ किलो मिटर सडक र ३ किलोमिटर घारेटोबाटो मर्मत गरिएको उहाँको भनाइ छ ।श्रमदान अभियानमा स्थानीय तिलक खडका, कुमार खडका, ठेडराज राउत, विशाल बि.क., राजन खड्का, सन्दीप बि.क., कुमारी खडका, टीका खडका, ट्ङ्क बहादुर खडका लगाएत एक सय ५० जनाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार